aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१८ करोडको लगानिमा ग्यास उद्योग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
१८ करोडको लगानिमा ग्यास उद्योग

धनगढी । कञ्चनपुरमा १८ करोड रुपैयाँ लगानीमा एलपी ग्यास उद्योग सञ्चालन गरिने भएको छ । जिल्लाको पुनर्वास नगरपालिका(२ मोतीबस्तीमा ४ जना युवा व्यवसायीले संयुक्त लगानीमा ‘शुक्लाफाँटा ग्यास इन्डस्ट्रिज’ सञ्चालनमा ल्याउन लागेका हुन् । 

उद्योगमा स्थानीय अमरबहादुर तिरुवा, प्रकाश दर्जी, (दीपक दर्जी र दिलीप वडको लगानी रहेको छ। २ बिगाहा क्षेत्रफलमा रहने उद्योगको भौतिक संरचना निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्योगको शिलान्यास गरेका थिए । 

उद्योगको क्षमता दैनिक ६ हजार सिलिन्डर भर्नेगरी पूर्वाधार निर्माण थालिएको सञ्चालकहरूले बताएका छन् । उद्योगमा सेमी अटोमेटिक प्रणाली रहने उनीहरूले जानकारी दिएका छन् । यसअघि निजीक्षेत्रको लगानीमा कैलालीको अत्तरियास्थित मालाखेतीमा ‘रेडियन्ट’ ब्रान्डमा एलपी ग्यास भरिदै आएको छ । 

यस्तै गोदावरी नगरपालिकाको गेटामा साइपाल ग्यास नामक अर्को उद्योग स्थापना भए पनि सञ्चालनमा आउन सकेको छैन । सुदूरपश्चिममा हाल रेडियन्ट ग्यास तथा पूर्वी जिल्लाहरूबाट ‘मनकामना र ‘भेरी ब्रान्ड’को ग्यास आपूर्ति हुँदै आएको छ। यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ । 

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस