aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रक्सोल भन्सार बन्द गर्न भारतीयको दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
रक्सोल भन्सार बन्द गर्न भारतीयको दबाब

वीरगन्ज । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रूपमा सञ्चालनका लागि वीरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाव बाढेको छ। 

भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरूसँग छलफल गर्न पत्रचार गरेको छ। भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपनि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टीकार्गोका आयतकर्ताहरुलाई भने तनाब भएको छ । 

इन्धन र रेलबाट आउने फलाम, डर्टी कार्गोहरू कोइला, जिप्सन, फ्लाएस, स्लेग लगायत मालसामान रक्सोलबाट नै ढुवानी हुँदै आएको छ। फलाम बाहेकका सबै सामान सिमेन्ट उद्योगमा प्रयोग गरिने कच्चा पदार्थहरू हुन् । सिमेन्ट उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ मध्य क्लिंकर भने सन् २०१८ डिसेम्बर २२ तारिकदेखि रक्सोल नाकामा अनलोड गर्न रोक लगाएको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस