aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सीमा मिचिएकाबारे सेनाले लियो चासो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
सीमा मिचिएकाबारे सेनाले लियो चासो

काठमाडौं । भारतको नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकाय प्रमुखसँग छलफल चचलाकाए छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्नेबारे जंगीअड्डामा बहस भएको सैन्य स्रोतले बताएको छ। यो समाचार आजको अन्नपूण पोष्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस