aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

विदेशबाट फर्किदा सुन ल्याउँदै हुनुहुन्छ ? भन्सार महसुल २१ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
विदेशबाट फर्किदा सुन ल्याउँदै हुनुहुन्छ ? भन्सार महसुल २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ । पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो ।


मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो । आर्थिक ऐन संसोधनपछि सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ । 

सरकारले निर्धारण गरेको नयाँ भन्सार दरअनुसार विभिन्न मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्रामसम्म सुन ल्याउने हवाई यात्रुले प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरलेभन्सार महसुल तिर्नुपर्ने हुन्छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस