
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा उपचार गराउन भारती प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको बुझिएको छ । ओलीको स्वास्थ्य अवस्थाका बारेमा छिमेकी देशका नेताहरुलेसमेत चासो दिँदै आएका छन् ।
मोदीले यसअघि प्रधानमन्त्री ओलीलाई विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन प्रस्ताव गरेका हुन् । भारतको विदेशमन्त्री नियुक्त भएपछि जयशंकर तीन महिनाअघि नेपाल आएका थिए । प्रधानमन्त्री ओलीले १२ वर्षअघि दिल्लीको एपोलो हस्पिटलमा मृर्गौला प्रत्यारोपण गरेका थिए ।
तर, चार वर्षअघि संविधान जारी गरिएका बेला दिल्लीको चासोलाई अस्वीकार गरेपछि दिल्लीसंग सम्बन्ध विग्रिदा ओली फलाेअपको लागि भारत गएका छैनन् । ओली नजिकै दिल्लीमा जानुभन्दा पनि सिंगापुरलगायतका अन्य देश गइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस