
काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अघोरी बाबा भनेर चिनिने विजय केसीकी पत्नी शारदा पाण्डेलाई प्रहले नियन्त्रणमा लिएको छ । पाण्डेलाई ठगीको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।
पाण्डेविरुद्ध विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको बताइएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
सोमबार पाण्डेसंगै बाबालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बौद्द प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस