
काठमाडौं । घरजग्गाको ठगीमुद्दामा अर्का उद्योगीलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । व्यवसायी घराना ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको हो । ल्यान्डमार्क हाउजिङ ठगी आरोपमा पूर्व मन्त्री समेत रहेका रुप ज्योतिमाथि अनुसन्धान गरिरहेका बेलामा ज्याति ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई समेत पक्राउ आदेश दिएको हो ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न आदेश दिएका हुन । पक्राउ परेका बाबु छोरी दुबैलाई कात्तिक २४ गते अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।
ल्यान्डमार्क हाउजिङका ग्राहक विजेन्द्र कृष्ण मल्लले पाउन पर्ने घर नपाएर ज्याति ग्रुप विरुद्ध प्रहरीमा उजुरी हालेपछि प्रहरीले डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई पक्राउ गरेको थियो । ल्यान्डमार्क हाउजिङका ग्राहक विजेन्द्र कृष्ण मल्लले पाउनु पर्ने एक करोड २६ लाखको घर नपाएपछि ज्याति ग्रुप विरुद्ध उनले उजुरी हालेका थिए ।
तर,डा. रुप ज्योतिले भने उनलाई प्रहरीले पक्राउ गर्नुपूर्व नै अदालतमा ३ करोड रुपैयाँ विजेन्द्र कृष्ण मल्लका नाममा जम्मा समेत गरिदिएको अदालत स्रोतले बताएको छ । तर, विजेन्द्र कृष्ण मल्लले भने त्यहि घर वा ७ करोड रुपैयाँ माग गरेरेर प्रहरीमा उजुरी हालेपछि डा. रुप ज्योति र उनकी छोरी सुरुची जेल गएका हुन ।
प्रतिक्रिया दिनुहोस