aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जनकपुर-जयनगर रेल : असाले बाढीले बगाएको लीक ४ महिनापछि पुनर्निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
जनकपुर-जयनगर रेल : असाले बाढीले बगाएको लीक ४ महिनापछि पुनर्निर्माण

जनकपुर । गत असारको बाढीले क्षतिग्रस्त जनकपुर-जयनगर रेलको खजुरी र इनर्वा स्टेशनबीचको लीक पुनर्निर्माणको काम करीब चार महीनापछि शुरू भएको छ । 

गत असार २८ गते कमला नदीमा। आएको बाढीले खजुरी र इनर्वा स्टेशनबीचको २०० मिटर लामो लिक बगाएको थियो। नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्र्तगत भारतीय सहयोगमा निर्माण भएको जनकपुर-जयनगर रेलमार्ग शरूमा भदौ र त्यसपछि कात्तिकभित्र सञ्चालन गर्ने विभागले दाबी गरेको थियो । तर, बाढीले लिक बगाउँदा र रेलसेट तयार नहुँदा रेलसेवा शुरू हुन नसके पनि आगामी दुई महीनाभित्र रेल सञ्चालन आउने दाबी विभागको छ ।

विभागका महानिर्देशक बलराम मिश्र बनिसकेको लिकलाई बाढीले क्षति पुर्याएको तथा रेलसेट बनाउने समय पनि निर्धारित समयभन्दा लम्बिएकाले रेल सेवा सञ्चालनमा ढिलाइ भएको स्वीकार्छन् । उनका अनुसार बाढीले क्षतिग्रस्त रेल लिकको पुनर्निर्माणको काम गएको बिहीवारबाट मात्रै शुरू भएको छ। 

‘गत मंगलवार भारतले काम शुरू गर्ने पत्र पठाएको भए पनि काम भने बिहीबारदेखि शुरू भएको छ,’ उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस