aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब एसएमएसबाट विज्ञापन गर्न नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
अब एसएमएसबाट विज्ञापन गर्न नपाइने

काठमाडौं । सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्न नपाइने प्रावधान राखेको छ ।


यसको प्रत्यक्ष प्रभाव मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्नेछ । विगतमा उम्मेदवारहरुले एसएमएसबाट भोग माग्ने प्रथा बसेको थियो । 

ऐनले व्यापारिक प्रवद्र्धनका लागि सामूहिक एसएमएस र इमेल पठाइने बढ्दो प्रचलनलाई रोक लगाएको छ । यद्यपि, अहिले प्रचलनमा रहेको सामाजिक सञ्जालबाट हुने विज्ञापनका विषयमा भने यो विद्येयक मौन छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस