aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उड्डयन प्राधिकरणविरुद्ध सान्जोसेले दर्ता गराएको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा सुनवाइ सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
उड्डयन प्राधिकरणविरुद्ध सान्जोसेले दर्ता गराएको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा सुनवाइ सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति ठेक्का सम्झौता रद्द विवादका विषयमा स्पेनिस निर्माण कम्पनी सान्जोसेले (आरबीटेसन) सिंगापुरको अन्तर्राष्ट्रिय अदालतमा दर्ता गराएको मुद्दाको सुनवाइ सुरु भएको छ।

सिंगापुरको अन्तर्राष्ट्रिय अदालतमा दर्ता भएको मुद्दाकाे सुनवाइ साेमबारदेखि सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्रोतले जनाएको छ।

मुद्दा सुनवाइ प्रक्रियाका लागि नेपालबाट विमानस्थल स्तरोन्नति आयोजना प्रमुख बाबुराम पौडेल सिंगापुर पुगेका छन्। मुद्दाको विषयमा आजभोलिमै केही किनारा लाग्ने प्राधिकरण स्रोतले जनाएको छ।

सान्जाेसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोड रुपैयाँमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर, निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले २०७३ मंसिर २४ गते सबै स्टेक होल्डरको सहमतिमा सम्झौता रद्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस