
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद ४ दिने राजकी भ्रमणको लागि नेपाल आउँदैछन् । उनी विमान बंगालादेश एयरलाइन्समार्फत नेपाल आउन लागेका हुन् ।
हामिद ११ः४५मा बंगलादेशको राजधानी ढाकाबाट नेपालका लागि उडेका प्रस्थान गरेका छन् । ३० वर्षपछि बंगालादेशको राष्ट्रप्रमुख नेपालको भ्रमण गर्न लागेकोले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
राष्ट्रपति हामिद नेपालको लागि प्रस्थान गर्दा बंगलादेशको आकाशमा भने ट्राफिक जाम भएको थियो । नेपालमा भीआईपी र भीभीआईपीको सवारीका कारण आकाश र सडक दुबै जाम हुने भनेर चर्को विरोध भइराख्दा बंगलादेशमा पनि यस्तो भएको हो । उनको सवारीका कारण मलेसियाबाट ढाकामा ल्याण्ड गर्न लागेको विमान ४ फन्को लगाएको थियो भने दिल्लीबाट ढाका गएको विमानले ५ फन्को लगाएको थियो ।
त्यसैगरी कतारको राजधानी दोहाबाट ढाकको लागि गएको विमानले पनि दुई फन्को आकाशमै मारेको थियो । भीभीआईपी सवारीको समयमा नेपालमा मात्र नभएर संसारका प्रायः देशहरुमा आकाशमा विमानलाई होल्ड गराइन्छ ।
प्रतिक्रिया दिनुहोस