aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दक्षिण एसियाको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक : प्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
दक्षिण एसियाको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक : प्रम

काठमाडौं, वैशाख २० । केपी शर्मा ओलीसमक्ष सार्क उद्योग वाणिज्य संघको ७७औं बैठकमा भाग लिन काठमाडौंमा आएको संघका पदाधिकारी एवं यस क्षेत्रका उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । 

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेको नेतृत्वमा गएको सार्कका उद्यमी व्यवसायीको प्रतिनिधिमण्डललाई सम्बोधन गंर्दै प्रधानमन्त्री ओलीले सिंगो दक्षिण एसियाको समृद्धिमा यस क्षेत्रका राष्ट्रहरूको सामूहिक प्रयासमा जोड दिए । 
सिंगो दक्षिण एसियानै ज्ञान भूमि, प्राकृतिक स्रोत सम्पदाले भरिपूर्ण क्षेत्र भएकाले अब यस क्षेत्रलाई समृद्ध क्षेत्र, खुशी जनताको

अभियानमा लैजानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । 
संघका अध्यक्ष रूवान इदरिसिंघेले दक्षिण एसिया आर्थिक विकासमा तीव्रतर रूपमा अगाडि बढ्दै गएकाले यस क्षेत्रको महत्व अगामी दिनमा अझ बढ्दै जाने भन्दै यस क्षेत्रको आर्थिक विकासका लागि सार्क उवासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाए । नेपालमा स्थिर सरकारसहित लगानीका लागि आवश्यक नीति कानुनमा समेत आमुल परिवर्तन गरिएकाले बाह्य लगानी आकर्षण हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष रूवानले बताए । 
 

प्रतिक्रिया दिनुहोस