aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार, एक भारतीय पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार, एक भारतीय पक्राउ

रौतहट । रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ। मंगलबार दिउँसो चौकीमा बम प्रहार भएको हो । 

बम प्रहरा गर्ने भारतीय नागरिक रहेको बताइएको छ । प्रहरी चौकिमा भएको विस्फोटमा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम प्रहार गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरिसकिएको छ । 

मठिया प्रहरी चौकीमा बम विष्फोटबा एक प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। घटनाको क्षतिबारे जानकारीको लागि प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वको टोली घटनास्थलमा गएको छ । 

बम प्रहार गर्नेलाई पक्राउपछि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । कस्ले किन चौकीमा बम प्रहार गरायो खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस