aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु

ढाका । बंगलादेशको ब्रह्मणबान्डिया जिल्लामा मंगलबार भएको ट्रेन दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

दुईवटा ट्रेन एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा अन्य ५० जना घाइते भएका जनाइएको छ ।

सिलहटबाट चटगाउँ जाँदै गरेको उदयन एक्सप्रेस मंगलबार बिहान २ बजेर १५ मिनेटमा चटगाउँबाट ढाका जाँदै गरेको टुर्ना निसिता एक्सप्रेससँग मोङ्डोभाग रेलवे स्टेशनमा ठोक्किएको थियो ।

स्थानीय प्रहरीका अनुसार ९ जना यात्रुको मृत्यु घटनास्थलमै भएको थियो । बाँकी ७ जनाको उपचारका लागि अस्पताल भर्ना गरिएको अवस्थामा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस