काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २११८४ मेगावाट आवर अर्थात ११६९ मेगावाटमात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत्को माग २२२५ मेगावाट हुनुपर्ने हो ।
एकाध वर्षमा पुसको दोस्रोर तेस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि अधिकांश वर्ष लक्ष्मीपूजाकै दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाटमात्र थियो ।
“विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार त २२२५ मेगावाट पुग्नुपर्ने हो तर अहिले माग ११७० मेगावाटको हाराहारीमा छ,” विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भन्छन्, “प्राधिकरणको प्रक्षेपणभन्दा विद्युत्को माग घट्दो छ।” नौ वर्षपछि अर्थात् २०८५ भित्र आन्तरिक विद्युत् खपत १० हजार मेगावाट पुर्याउने लक्ष्य राखिएपनि विद्युत्को माग निरन्तर घटेपछि यसले विद्युत् उत्पादनको खपत सबैभन्दा जटिल बन्न थालेको छ ।
प्राधिकरणको प्रक्षेपणले प्रत्येक वर्ष १० प्रतिशतले बढ्नुपर्ने हो, तर उल्टै घट्न थालेपछि यसले विद्युत् प्राधिकरणलाई मात्र होइन, निजी क्षेत्रमा समेत अन्योल देखिएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
आव माग (मोगावाट)
२०७२/७३ १३८५
२०७३/७४ १४४४
२०७४/७५ १५०८
२०७५/७६ १३२०
२०७६/७७ ११६९
प्रतिक्रिया दिनुहोस