धादिङ । राष्ट्रिय गौरवको जलाशययुक्त बूढी गाण्डकी आयोजना डुवानमा पर्ने बजार क्षेत्रको घरजग्गाको मुआब्जा नतोक्दा काम गर्न अफ्ठ्यारो भएको भन्दै जनप्रतिनिधिहरु मुआब्जा तोक्ने निकाय र संघीय सांसदप्रति रुष्ट भएका छन् ।
सम्वृद्धिको सपना जनतालाई बाँढेपनि मुआब्जा निधारण गर्न ढिलाइ गरेको भन्दै सांसदहरुप्रति र अधिकार सदुपयोग नगरेर ढुवान पीडितलाई पीडा थपिदिएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रति रुष्ट भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी फेरिए पिच्छे स्थलगत अनुगमन र अन्तरक्रिया गर्ने डुवान पीडितलाई झस्काउने काम मात्र गरेको जनप्रतिनिधिहरुको आरोप छ । जनताकै भोटले जितेका संघीय र प्रदेश सांसदहरुले डुवान क्षत्रको मुआब्जा निर्धारण पहल नगरेको उनीहरको आरोप छ । जनताले दिनकै आफूहरुलाई मुआब्जा नतोकेकाले घरव्यवहार बिग्रेको, आर्थिक कारोवार समेत दिनदिनै खस्कँदै गएकोले मुआब्जा तोक्न पहल गरिदिन आग्रह गरेको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस