aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विषादी परीक्षण : तीन स्थानमा प्रयोगशाला निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
विषादी परीक्षण : तीन स्थानमा प्रयोगशाला निर्माण

काठमाडौ । तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा र भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपनछी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको असार २ गते सीमा नाकाहरूमा विषादी परीक्षण गरेपछि मात्रै तरकारी तथा फलफल भित्र्याउने निर्णय गरेको थियो । सीमा नाकामा विषादी परीक्षणको व्यवस्था नहुनुका साथै रोकिएका तरकारी तथा फलफूललाई नाका खुला गर्न भारतको दबाब आएपछि सरकार निर्णय कार्यान्वयनबाट पछि हटेको थियो। 

हालसम्म नाकामा  आइपुगेका खाद्य वस्तुको विस्तृत विषदी परीषण गर्नुपरे नमूला काठमाडौं नै ल्याइ पुर्याउनुपर्ने बाध्यता छ । अब थप तीन स्थानमा प्रयोगशाला निमाण पछि परीक्षण निकै सहयोग पुग्ने मन्त्रालयका प्रवक्त डा. बरिबहादुर केसी बताउँछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस