aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्रधानमन्त्रीको गृहनगरमा २५ तले ‘भ्यु-टावर’, स्थानीय भन्छन् अस्पताल बनाइदिए हुन्थ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
प्रधानमन्त्रीको गृहनगरमा २५ तले ‘भ्यु-टावर’, स्थानीय भन्छन् अस्पताल बनाइदिए हुन्थ्यो

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्य-टावर’ निर्माण सुरु भएको छ। संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका-३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो। 

ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन्। ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ। 

सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए। 

भ्यु(टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ। स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना २७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले जनाए । 

प्रत्येक तला ४ मिटर उचाइको हुनेछ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरू रहनेछन् । अन्डरग्राउन्ड पार्किडमा २ सय ४० सवारी साधन राख्न मिल्ने समाचार आजको अन्नपूण पोस्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस