aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सरकारको नीति तथा कार्यक्रम : ७७ ओटै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जाडिने छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
सरकारको नीति तथा कार्यक्रम : ७७ ओटै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जाडिने छ

७७ ओटै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जाडिने छ । काठमाडौंलाई भारत र चीन दुवैतिर बाट रेलमार्गमा जाडिने र २३ वर्ष भित्र निर्माण कार्य सकिने छ । नेपाली हरुको पानीजहाजमा चड्ने सपना छिट्टै पुरा हुने छ । उल्यालो नेपाल अभियान अन्र्तगत सबै घरघरमा विद्युत पुर्याइने छ ।

विद्युतीय हस्ताक्षरलाई कार्यान्वयन गरिने, बायोमेट्रिक सहतिको राष्ट्रिय परिचयपत्र वितरण गरिने छ । सबै आर्थिक कारोबार बैंकिक कारोबार मार्फत गरिने छ । सर्वसाधारणले सलुभ तरिकाले सेवा सुविधा लिन पाउने वातावरण निर्माया गरिने छ । सार्वजनिक यातायातमा यातायता कार्ड प्रयोजनमा ल्याउने सरकारको योजना रहेको छ ।

आगामी दुई वर्ष भित्र नेपाललवाई सात्क्षार नेपाल घोषणा गरिने, स्वास्थ्य बिमाले समेट्ने सेवाहरु सबै स्थानबाट सेवा दिइने छ । सबै स्थानिय तहको सबै वडाबाट प्राथमिक स्थास्य सेवा दिइने, प्रत्येक प्रदेशमा विशिष्टिकृत स्वास्ीथ्य सेवा उपलब्ध गराइने छ । विर अस्पतालको भक्तपुरको दुवाकोटमा अत्याधुनिक भवन निर्माण गरिने छ । विकास र वातावरणलाई सन्तुलित बनाउदैँ लैजाने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महत्वपुर्ण ताल तलैयाहरुको संरक्षण गरिने छ ।

नेपालको भौगोलिक अवस्था, हिमाल, महिला शसक्तिकरणमा छलफल गरि सदनबाट संवाद आयोजना गरिने छ ।

प्रतिक्रिया दिनुहोस