
काठमाडौं । काठमाडौं महानरपालिका वडा नं ३ हजचोकमा हरिमाया पुतुरवारको घरबाट २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतुवारको घरमा अबैध रुपमा हार जित हुने गरि नगद बाजी राखी कौडा खेलिरहेको अबस्थाबाट उनीहरुले पक्राउ गरेको हो ।
मनप्र वृत्त स्वयम्भू कार्यालय प्रमुख प्र.ना.उ.लाल ध्वज सुवेदीसहितको प्रहरी टोली उक्त स्थानमा गई रितपुर्वक चेकजाँच गर्दा जुवा र कौडा सहित ३ लाख ६० हजार र १६ थान कौडा सहित २० जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सितापाईला घर बई बस्ने सचित दुलाल, सितापाईला बस्ने बाल कुमार पन्त, निवाकोट ककनीका दिनेश लामा, काठमाडौंका महेश गोतामे, ।सितापाईलाका राज कुमार तामाङ्ग, सितापाइलाका बुद्धी बहादुर तामाङ्ग, काठमाडौं सुशन्त लामा, हलचोकका सुक्र बहादुर पुतुवार, सितापाईलाका राजु बस्नेत, र काभ्रे पाँचखाल बेद बहादुर पन्त रहेका छन् ।
प्रतिक्रिया दिनुहोस