aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

“कोका–कोला क्यापमा कार” अफर विजेता अम्बरलाई गाडी हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
“कोका–कोला क्यापमा कार” अफर विजेता अम्बरलाई गाडी हस्तान्तरण

काठमाडौं । लोकप्रिय पेय पदार्थ कोका–कोला, ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा बुधबार विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् । 

यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठुलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन् ।

बम्पर लक्की ड्र का विजेता अम्बर बहादुर गुरुङले भने, “म लाखौं सहभागी मध्ये टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएमकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्दछु ।”

प्रतिक्रिया दिनुहोस