
एजेन्सी । पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज शरीफलाई उपचारको लागी विदेश जाने भए ७ सय करोडको बन्ड जम्मा गर्न पाकिस्तान सरकारले आदेश दिएको छ । मुटु लगायत रोगको उपचारको लागी उनि लन्डन जान चाहन्थे ।
सरकारको त्यस्तो शर्तलाई शरीफले अबैधानिक भनेका छन् । उता सरकारले भने उपचार पश्चात उनि स्वदेश फर्कने र उनीमाथि लागेको भ्रष्ट्राचार मुद्धामा फेरी जोडिने ग्यारेन्टीको लागी त्यस्तो माग गरेको बताएको छ ।
पाकिस्तानका पूर्व प्रधानमंत्री ६९ वर्षीय नवाज शरीफलाई मंगलवार उपचारको लागी ब्रिटेन जाने सशर्त अनुमति दिइएको हो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकले यस्तो अनुमति दिएको संचारमध्यमहरुले जानेका छन् ।
रगतमा प्लेट्लेसको संख्या समेत लगातार घट्दै गएको उनको हाल लाहोर स्थित घरमा नै उपचार भैरहेको छ । उनको उपचारको लागी घरमा आइसियु समेत निर्माण गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस