aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

महर्जन कम्प्लेसको फलामे डन्डी काटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
महर्जन कम्प्लेसको फलामे डन्डी काटियो

काठमाडौं । विश्वसम्पदा क्षेत्रमा मापदण्डविपरीत बनिरहेको एक भवनले तला थप्न तयार पारेको फलामे डन्डी काटको छ। 

हनुमानढोका दरबार क्षेत्रभित्रै महर्जन बिजनेस एसोसिएट्सले सर्वोच्च अदालतको आदेशविपरीत भवन बनाइरहेको थियो। आदेश अवज्ञा गरी काम अघि बढाएपछि सम्पदा संरक्षण अभियन्ताले संसद्को अन्तराष्ट्रिय सम्बन्ध समिति, काठमाडौं महानगरपलिकाको अनुगमन समितिलाई खबर गरेका थिए। 

वडा नम्बर २४ को कित्ता नम्बर ९४२ को क्षेत्रफल ६२७.९८ मा बनिरहेको भवन भूकम्पअघि क्रिष्टल भवनका नामले चिनिथ्यो। पुरातत्त्व विभागको स्वीकृति लिँदा मापदण्डअनुसारै बनाउने कागज गरिए पनि प्राचीन स्मारक ऐनविपरीत बन्न थालेपछि स्थानीयले चासो राखेका थिए। 

जिल्ला प्रशासन कार्यालयको अध्ययन समितिको प्रतिवेदन प्रतिकूल हुने गरी भएको निर्माणले सम्पदा क्षेत्र जोखिममा पारेको भन्दै रोक्न माग गर्दै गत वैशाखमा सर्वोच्चमा रिट परेको थियो। 

‘प्राचीन स्मारक ऐन २०१३ अनुसार निर्माण गर्न मञ्जुर छ भनेर मञ्जुरी नाममा उनैले हस्ताक्षर गरेका छन्,’ रिट निवेदकमध्येका सञ्जय अधिकारीले भने, तर आफ्नो मञ्जुरीनामाविपरीत मापदण्डविपरीत संरचना बनाए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस