काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा लक्ष्यअनुरूप राजस्व असुली गर्न सरकार चुके पनि करको दायरामा आउने करदाताको संख्यामा भने उल्लेखनीय वृद्धि देखिएको छ ।
व्यक्तिगत र व्यावसायिक दवैतर्फ प्यान नम्बर लिने करदाताको संख्या समग्रमा ३३ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
यससंगै असोज मसान्तसम्म प्यान लिन करदाता संख्या २८ लाख ८९ हजार २१८ पुगेको छ । गत असार मसान्तसम्म प्यान लिने करदाताको संख्या २१ लाख ७२ हजार २०० रहेका थिए । चालू आवको ३ महीनामा ७ लाख १७ हजार १८ करदाता थपिएको अर्थ मन्त्रालयले बताएको छ। चालू आवको साउनदेखि असोजसम्ममा मात्रै सवा लाख करदाता थपिएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।
सरकारले चालू आवदेखि कर्मचारी तथा श्रमिकको र तलब पारिश्रमिक भुक्तानीमा प्यान ३ नम्बर अनिवार्य गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस