aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखाकार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतनिधि तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरे ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले२४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

१४४वटा शाखाहरु र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७७ स्थानवाट बैंकले बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै देशभर रहेका १६७ वटा एटीएमहरु मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस