aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अर्थ समितिको बैठक काेरम नपुगी स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
अर्थ समितिको बैठक काेरम नपुगी स्थगित
फाइल तस्वीर

काठमाडाैं । ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न डाकिएकाे संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ।

बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरू घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्री लगायतका सदस्यहरूले १ घण्टा कुर्दा पनि अन्य सदस्यहरूको उपस्थित नभएपछि बैठक स्थगित गर्नुपरेको समितिको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस