aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

निजामती कर्मचारी ६० वर्षमा अवकास हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
निजामती कर्मचारी ६० वर्षमा अवकास हुने

काठमाडाैं । निजामती कर्मचारीहरूको उमेरहद ६० वर्ष कायम गर्ने निर्णय भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकले नयाँ बन्ने निजामति सेवा ऐनमा नै उमेरहद ६० वर्ष राख्ने निर्णय गरेको हो।

अहिले कर्मचारीको उमेरहद ५८ वर्ष रहेकाे छ। नेपालीहरूको औसत आयु बढेको भन्दै कर्मचारीको उमेरहद पनि बढाउन यसअघि लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वको समितिले सिफारिस गरेको थियो।

सन् २०१९ देखि पूर्ण रूपमा लागू हुने गरी कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको हो। त्यस्तै, पेन्सन समेत लामो समय दिनुपर्ने भन्दै लोकसेवा आयोगले पनि उमेर हद ६० बनाउन सुझाएको थियो।

प्रतिक्रिया दिनुहोस