
एजेन्सी । ब्रिक्स राष्ट्रहरुको शिखर सम्मेलन ब्राजिलमा चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन, रुसलगायतका देशविरुद्ध बोलेका छन् । अमेरिकामा बढ्दै गरेको प्रदुषणबारे बोल्दै उनले भारत, चीन र रुसलाई फोहोर फैलाएको आरोप लगाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लस एन्जल्समा प्रदुर्षण बढ्नुमा भारतलाई प्रमुख दोषी बताएका छन् । केही सातादेखि भारतका प्रमुख शहरमा वायु प्रदुर्षण अत्यधिक बढेको समाचार आइरहेको बेला उनले सो आरोप लगाएका हुन् ।
इकनोमिक क्लब अफ न्यूयोर्कमा बोल्दै उनले भने–‘भारत, चीन र रूसको फोहोर बग्दै बग्दै लस एन्जल्ससम्म पुगेको छ ।’ अमेरिकालाई जमिनको सानो टुक्रा बताउंँदै उनले चीन, रूस र भारत जस्ता देशले समुन्द्रमा फालेको फोहोरले समस्या बनेको बताएका छन् ।
अमरिकी राष्ट्रपति ट्रम्पले ग्रेट प्यासेफिक गार्बेज पैच अर्थात् जीपीजीपीको हवाला दिँदै ती मुलुकले फोहोर रोक्न केही नगरेको आरोप समेत लगाएका छन् । प्लास्टिक, केमिलकलको अवशेषका साथै अन्य फोहोर समुद्रमा मिसिएकोमा विश्वब्यापी चिन्ता व्यक्त भैरहेको बेला ट्रम्पले आफ्ना प्रतिष्पर्धी मुलुकलाई गम्भीर आरोप लगाएका हुन् ।
प्रतिक्रिया दिनुहोस