aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अयोध्याबाट जनकपुरधाममा रामको जन्ती आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
अयोध्याबाट जनकपुरधाममा रामको जन्ती आउने

जनकपुरधाम । जनकपुरधाममा यति बेला राम जानकी विवाह महा महोत्सव (विवाह पञ्चमी) को तयारी तीव्र पारिएको छ । विवाह पञ्चमीलाई सफल बनाउन बिभिन्न उप समिति गठन गरी कार्य अघि बढाईएको मन्दिरका उत्त्तराधिकारी महन्थ राम रोशन दास वैष्णबले जानकारी दिए ।

प्रत्येक पाँच वर्षमा भारतको अयोध्यावाट साधु सन्तहरु रामको विशेष जन्ती आउने गरेकोले गर्दा अन्य वर्ष भन्दा यस पटकको रौनकता नै विशेष हुने महन्थ दाशको तर्क छ । भारतको अयोध्याबाट मात्र होइन अन्य भु-भागबाट पनि यस पटक भव्यताका साथ लावालस्कर सहित जन्ती प्राचीन मिथिलाको राजधानी (जनकपुरधाम) मा आउन लागेको दाशले भने, मिथिलाको परम्परा अनुसार नै राम र सीताको विवाह हुने छ।

विवाह महोत्सवको लागि जानकी मन्दिर र ऐतिहाशिक रंगभूमि बारहविघामा विशेष प्रकारको मञ्च बनाई महोत्सवलाई अझ प्रभावकारीता साथ अगाडि बढाउन लागिएको जानकी मन्दिर मूल आयोजक समितिले जनाएको छ ।

स्वदेशी र विदेशी दुबै पाहुनाहरुलाई निमन्त्रण कार्ड वितरण कार्य दुर्इ दिन पूर्व देखि नै सुरु भई सकेको जानकारी दिदैँ जानकी मन्दिरका उत्त्तराधिकारी महन्थ राम रोशन दास बैष्णवले भने, अबबाट आउने बाराती यस पटक महोत्तरीको मटिहानी हुंदै आउने छन् ।

विवाह पञ्चमीमा यस पटक राम र सीताको विवाह हुनु पूर्व विवाह मण्डपमा फुलवारी लिला हुने छ । जहाँ राम र सीताको प्रतीकले फूल टिप्ने छन् सखी सहेलीका साथमा र रंग भूमि मैदान बारह बीघामा विशेष प्रकारको धनुष बनाई धनुष यज्ञको लागि छूटै मञ्च बनाई राम भगवानको प्रतीकले धनुष उठाउने तैयारी छ ।

 

प्रतिक्रिया दिनुहोस