aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यो हो ‘मेसिन रिडेबल’ तास, जितेको जित्यै गर्ने तरिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
यो हो ‘मेसिन रिडेबल’ तास, जितेको जित्यै गर्ने तरिका

काठमाडौं । प्रहरीले काठमाडौंबाट तास चिन्ने ‘सेन्सर’जडित जुवा सामग्री बरामद गरेको छ । यो तास अरु तासजस्तो सामान्य होइन ।
यसलाई सेन्सरले सजिलै चिन्नसक्ने र यस्ता सामग्रीसहित जुवा खेल्दा जुवाडेले जितेको जित्यै गर्नसक्छ ।

यो कुनै चानचुने तास होइन । अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्छन् । खेलाडीको संख्या ‘रिमोट’मा ‘फिक्स’ गरेपछि तास बाँडिन्छ ।

बाँडिएको तासमा कुन खेलाडीले जित्छ भन्ने कुरा कानमा, आँखाको लेन्समा, कपडा, चस्मा, घडी, पर्समा जडान गरिएको डिभाइसले पत्ता लगाउने गरेको कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।


नेपालमा सर्लाही, बरहथवा निवासी निरबहादुर कार्कीले चीनबाट भित्र्याएको तास हो यो । काठमाडौंको स्यूचाटारबाट तास बरामद गरिएको हो । यो अन्य सामान्यजस्तो तास होइन । ‘मेसिन रिडेबल’ हो ।

निरबहादुरलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले प-क्रा-उ गरेको छ । उनको साथबाट ता*ससँगै ३२ ओटा उपकरण पनि प्रहरीले बरामद गरेको छ । जसको मूल्य झन्डै ५० लाख रुपैयाँ बराबरको छ ।

प्रतिक्रिया दिनुहोस