aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका ६ जनाको राजीनामा स्वीकृत गरेकाे छ । प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई  यथावत रहेका छन्।  बालुवाटार स्रोतका अनुसार उनीहरुको  राजीनामा स्वीकृत भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सचिवालय पूरै हेरफेर गर्ने बताएका थिए। साेही अनुसार सचिवालयका सबैले सामूहिक राजीनामा दिएका थिए। 

प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा भने स्वीकृत भएको छ। 

मंसीर १ गतेदेखि लागू हुनेगरी उनीहरुलाई बिदा दिइएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस