aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कालापानी फिर्ताका लागी अन्तराष्ट्रिय अदालत जाने आधार भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
कालापानी फिर्ताका लागी अन्तराष्ट्रिय अदालत जाने आधार भेटियो

काठमाडौं । भारतले कब्जा गरेको नेपाली भुभाग कालापानी सम्बन्धी जनगणनाको लिखित प्रमाण केन्द्रीय तथ्यांक विभागमा सुरक्षित रहेको जनाइएको छ । यो अन्तराष्ट्रीय अदालत जानको लागी महत्वपुर्ण आधार हो ।

विभागले कालापानी क्षेत्रमा २०१८ सालमा भएको जनगणनाको प्रमाण सुरक्षित रहेको बताएको छ । विभागका निमित्त निर्देशक निवेन लाल श्रेष्ठले २०१८ सालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको र बैतडी जिल्लाअन्तर्गत कालापानी क्षेत्रको जनगणना भएको प्रमाण विभागमा सुरक्षित रहेको बताएका छन् ।

त्यस्तै, २०२८ सालमा कालापानी क्षेत्र समेटिएको गाउँ विकास समितिका सम्बन्धमा अझै विस्तृत जनगणना भएको तथ्यांक विभागमा सुरक्षित रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस