
काठमाडौं । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आएपश्चात राजस्व असोज मसान्तसम्म राजस्व चुहावटको कसुरमा ८ जना कर्मचारीसहित ४३१ जनाविरुद्ध ११ अर्ब १३ करोड ६५ लाख बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैद माग दाबी लिई विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा २७३ जनाविरुद्ध ४ अर्ब ७३ करोड ९९ लाख बिगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना एवं ३ वर्षसम्म कैद माग दाबी मुद्दा दायर भएको छ ।
आव २०७५/०७६ मा विभागले राजस्व चुहावटका ९६ कसुरमा अनुसन्धान सम्पन्न राजस्व चुहावटको कसुरमा ३०८ व्यक्तिविरुद्ध ९ अर्ब ८३ करोड ६९ लाख र बिगोको दोब्बरसम्म जरिवाना एवं ३ वर्षसम्मको कैद माग दाबी गरिएको जनाएको छ ।
त्यस्तै आव २०७४/०७५ मा २५ जना व्यक्तिलाई १३ करोड ८४ लाख बिगो कायम गरिएको छ । सोही आवमा विभाग अर्थ मन्त्रालयअन्तर्गत रहँदा राजस्व चुहावटमा छानविन एवं कर निर्धारण ७१ करोडको भएको थियो।
चालू आर्थिक वर्षमा असोज मसान्तसम्म २१ वटा मुद्दामा ५७ जनाविरुद्ध राजस्व चहावटको कसुरमा १ अर्ब ६२ करोड बिगो र विशोका दोब्बरसम्म जरिवाना एवं ३ वर्ष सम्म कैद माग दाबी लिई मुद्दा दायर भएको छ ।
विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको९१ कवटा कुसरमा संलग्न १८२ जनालाई ४ अर्ब ६१ करोड बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना कायम गरी तीन वर्षसम्मको कैद माग दाबी मुद्दा दायर भएको छ ।
यसैगरी चालू आर्थिक वर्षमा हालसम्म ४५ वटा मुद्दा दर्ता गरी १२ करोड ६४ लाखको बिगो माग दाबी लिई ७४ जनाविरुद्ध मुद्दा दायर भएको छ । नक्कली भ्याट बिल छानबिन सम्बन्धमा असोज मसान्तसम्म ६ अर्बभन्दा बढी बिगो कायम गरी ४५ वटा फर्ममा संलग्न ६० जनामाथि मुद्दा दायर भएको छ ।
प्रतिक्रिया दिनुहोस