aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
फानीको प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात  हुन सक्ने

फानीको प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात  हुन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
फानीको प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात  हुन सक्ने

काठमाडौं । बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।

शनिबार पूर्वीसँगै मध्य र  पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस