
काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका व्यापारी रुप ज्योतिको मुद्दा मिलापत्र हुने भएको छ । दरबामार्ग प्रहरीका अनुसार माथि मिलापत्र भएको भन्ने थाहा पएका छौं तर,के के कुरामा मिलापत्र भयो आधिकारीक पत्रभने प्रहरीसम्म नआएको जनाएको छ ।
सरकारी वकिलले पयाप्र्त प्रमाण नपुगको भनेपनि सबै व्यवसायीहरुको सहयोगमा ठगीमा परेका भनिएका व्यक्तिलाई उनले पाउनु पर्ने रकम दिएर मुद्दा मिलाइएको बताइएको छ ।
२०७१ सालमा ज्योतिले १ करोड ३६ लाख ७५ हजार रुपैयाँमा ल्याण्डमार्क डेभलपर्सले अपार्टमेन्ट दिने भनि जितेन्द्र मल्लबाट रकम लिइका थिए । हाउजिङको मुखैमा भएको उक्त जग्गा र घर व्यापारिक प्रयोजनका लागि पनि प्रयोगमा आउने भएपछि व्यापारी रुप ज्योतिले उक्त घरको सट्टा अर्को घर दिने वा रकम फिर्ता गर्ने प्रस्ताव गरे ।
तर घर निर्माण सुरु नहुँदै जग्गा रोजेका र रकम बुझाएका मल्लले ज्योतिको प्रस्ताव स्वीकार गरेनन् । हाल उक्त रकमको माग करिब ७ करोड गरिएपछि मुद्दामा गइसकेपछि ८ करोड रुपैयाँमा मिलापत्र भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस