aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पूर्वमन्त्री रूप ज्योति हिरासतमुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
पूर्वमन्त्री रूप ज्योति हिरासतमुक्त

काठमाडाैं । पूर्वमन्त्री तथा ज्योति ग्रुपका सदस्य रूप ज्योति हिरासतमुक्त भएका छन्। जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी रूप ज्योति हिरासतमुक्त भएका हुन्। हाउजिङ निर्माण गरिदिने भन्दै सर्वसाधारणको रकम ठगी गरेको आरोपमा पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति पक्राउ परेका थिए  ।

ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

 जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेपछि उनलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर छ ।

रुपज्योतिको मुद्धा अदालत नपुग्ने संकेत

उद्योगी रुपज्योति पक्राउ

प्रतिक्रिया दिनुहोस