aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भूमाफियाको कब्जामा, अर्को सरकारी जग्गा बिक्री

हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भूमाफियाको कब्जामा, अर्को सरकारी जग्गा बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भूमाफियाको कब्जामा, अर्को सरकारी जग्गा बिक्री

काठमाडौं । ५४ वर्षअघि सरकारीकरण गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गा भूमाफियाले व्यक्तिको नाममा नामसारी गरेको प्रमाण सतहमा आएको केही दिनपछि ललितपुरमा ४ सय २० रोपनी जग्गा भू(माफियाले कब्जा गरेको तथ्य फेला परेको छ। हरिसिद्धि इँटा टायल कारखानाका सञ्चालकद्वय तथा एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले कारखानाको जग्गा हडपेको स्थानीयले बताएका छन्।
 
चिनिया सरकारको सहयोगमा बनेको कारखाना निर्माणका लागि विक्रम संवत २०२१ सालमा कृषकबाट अधिग्रहण गरिएको ४ सय २० रोपनी जग्गा मध्ये  करिव ४ सय रोपनी जग्गा श्रेष्ठ दाजुभाई द्वय र विभिन्न व्यापारी, उद्योग प्रतिष्ठान तथा भू(माफियाले कब्जा गरेको पाइएको हो।
 
मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको तथ्य फेला परेपछि भू माफिया, व्यापारी र राजनीतिक नेतृत्वबीचको अन्तर सम्बन्ध छताछुल्ल भएको थियो।
 
व्यक्तिगत स्वार्थ, आन्तरिक कलह र राजनीतिक रंगले रंगिएपछि ४ सय २० रोपनीमा फैलिएको कारखाना करिव बन्द हुने स्थितिमा त पुगेको छ नै सँगै भू(माफियाले कारखानाको अस्तित्वनै मेटिने गरि सबै जग्गा आफ्नो कब्जामा लिएको पाइएको छ। नागरिक दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस