aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

खाद्यले धान किन्न थाल्यो, ३० हजार टन खरिद गर्न ७७ कारोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० कार्तिक २०७६
खाद्यले धान किन्न थाल्यो, ३० हजार टन खरिद गर्न ७७ कारोड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद थालेको छ। सरकारले धानको समर्थन मूल्य तोकेको २१ दिनपछि कम्पनीले धान किन्न थालेको हो। 

कम्पनीका निमित्त महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार तीन दिनको अवधिमा १३ सय ९२ क्विन्टल धान खरिद भएको छ। ‘पहिलो चरणमा पश्चिमबाट खरिद सुरु गरेका छौं,’ उनले भने, ‘बुधबारयता बर्दिया (राजापुर) मा ५५२ क्विन्टल, धनगढी (कैलाली) मा ४९० क्विन्टल र बाँकेमा ३५० क्विन्टल खरिद भएको छ।

कम्पनीका अनुसार बर्दियाको राजापुर, कैलालीको मोहनपुर, टीकापुर, जोशीपुर र भजनी क्षेत्रमा धान खरिद गर्न काँटा राखिएको छ। ती क्षेत्रमा मोटा धान खरिद भइरहेको छ । बाँकेमा भने मोटा र मध्यम दुवै धान खरिद भइरहेको छ। ‘पश्चिममा धमाधम खरिद भएको छ ।

'पूर्वतिरका लागि पनि पत्राचार गरेका छौं,’ निमित्त महाप्रबन्धक खनालले भने। उनका अनुसार पूर्वमा अझै बजारमा धान आइसकेको छैन । चिसो धान खरिद गर्दा गुणस्तरको समस्या हुन्छ । त्यसैले पूर्वमा केही ढिलाइ भइरहेको खनालले बताए। ‘पश्चिममा छिट्टै रोपाइँ भएकाले धान बजारमा आयो,’ उनले भने । बजार सन्तुलन र किसानलाई उचित मूल्य दिन सरकारले कात्तिक ७ गते धानको समर्थन मूल्य तोकेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस