aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० कार्तिक २०७६
१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य

काठमाडौं । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। ऊजा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजली उत्पादन गर्ने लक्ष्यअनुरुप द्रुतताका साथ काम भइरहेको बताएका हुन्। 

क्यानेडियन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद बंड टोस्टसँग बुधबार भएको भेटमा मन्त्री पुनले पुर्ववत् लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता जनाएका हुन । 

भेटमा मन्त्री पुनले देशभित्रै १० वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै त्यसका लागि सरकार क्षेत्रीय बजारको निर्माणमा लागिरहेको बताए। नेपालमा लगानीको वातावरण बनेको भन्दै उनले त्यसका लागि व्यानडियन लगानीकतालाई प्रेरित गरिदिन सासद टोस्टलाई बागह गरे। 

ऊर्जा मन्त्रालयले पाँच वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने निकै महत्त्वाकांक्षी लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस