aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कारागारमा स्थानको कमी भएपछि अब ५० प्रतिशत दण्ड मिनाहा गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
कारागारमा स्थानको कमी भएपछि अब ५० प्रतिशत दण्ड मिनाहा गरिने

काठमाडौं ।  नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर -कैद कट्टासम्बन्धी_ नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो ।

नयाँ मुलुकी अपराधसंहितामा कुनै पनि अपराधमा न्यूनतम ७५ प्रतिशत कैद भुक्तान गरेपछि मात्रै बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान राखिएको थियो । विगतमा बढी छुट दिँदा अपराध बढेपछि ७५ प्रतिशत कैद अनिवार्य व्यवस्था गरिएको थियो ।

तर, अहिले कारागारमा क्षमताभन्दा धेरै कैदी हुँदा व्यवस्थापनमा समस्या भएको कारण देखाएर कानुनी व्यवस्था संशोधन गरिएको छ । जघन्य अपराधका मुद्दामा भने आधा कैद मिनाहा लागू हुनेछैन । नयाँ पत्रिकामा खबर छ ।  

प्रतिक्रिया दिनुहोस