aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

छुटे पूर्वराज्यमन्त्री एवं चर्चित व्यवसायी रूपज्योति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० कार्तिक २०७६
छुटे पूर्वराज्यमन्त्री एवं चर्चित व्यवसायी रूपज्योति

काठमाडौं ।  ठगी अभियोगमा गत साता पक्राउ परेका पूर्वराज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रूपज्योति रिहा भएका छन् । व्यवसायी रूपज्योतिसँगै उनकी छोरी सुरुचि पनि शुक्रबार नै छुटेकी छन् ।

यसअघि व्यवसायी ज्योतिविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो र पर्याप्त प्रमाण नपुगेकाले व्यवसायी ज्योतिविरुद्ध मुद्दा चलाउन नमिल्ने भएकाले रिहा भएको सरकारी वकिल कार्यालयका एक वकिलले जानकारी गराए ।

सरकारी वकिल कार्यालयका अनुसार व्यवसायी रूपज्योति हाजिरी जमानीमा छुटेका हुन् । रूपज्योति प्रहरी हिरासतबाट छुटेपछि उनका समर्थकले फूलमाला लगाएर स्वागत गरेका थिए । यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंलगायत विभिन्न व्यावसायिक संस्थाले उद्योगी रूपज्योति रिहाइको माग गर्दै सडकमा दबाबमूलक आन्दोलन गरेका थिए । यो समाचार आजको राजधानि दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस