काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न १५ रूटको अव्यवस्थित तार भूमिगत गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको छ । प्राधिकरण बोर्डको सोमवार बसेको बैठकले टेलिफोन, इन्टरनेट तथा केबल टेलिभिजनको अव्यवस्थित तारलाई भूमिगत गर्ने जिम्मा टेलिकमलाई दिने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार टेलिकमले निर्माण गर्ने पूर्वाधारमा इन्टरनेट सेवाप्रदायक, केबल टेलिभिजनलगायतका अव्यवस्थित तार पाइपमा बिछ्याइने छ । उपत्यकाको प्रमुख रूटमा तार भूमिगत गर्ने सबै लगानी नेपाल सरकारकै हुनेछ ।
टेलिकमले निर्माण गरेको पूर्वाधार इन्टरनेट तथा केबल टेलिभिजन समेतले पनि प्रयोग गर्न पाउनेछन् । नेपाल विद्युत् प्राधिकरणलाई सेवाप्रदायकले पोल प्रयोग बापतको भाडा बुझाए जस्तैगरी टेलिकमलाई पनि सेवाप्रदायकले भाडा बुझाउनु पर्नेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस