काठमाडौं । सरकारले आउँदो सामाजिक सुरक्षा दिवसको अवसरमा कम्तीमा ३ लाख श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचीरण गर्ने तयारी सुरु गरेको छ ।मंसिर ११ उक्त दिवसमा यो संख्यामा सूचीकरण गर्ने तयारी गरिएको हो ।
सूचीकरण भएका र सूचीकरण हुने तयारीमा रहेको प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई योजनामा ल्याएर ३ श्रमिकलाई योजनामा सूचीकरण गर्ने भएको हो । हालसम्म ११ हजार सूचीकृत प्रतिष्ठानका १ लाख ९ हजारभन्दा बढी श्रमिक योजनामा समेल भइसकेका छन् । योजनामा सामेल भएका सबै रोजगारदातामा ५ लाखको हाराहारी श्रमिक कार्यरत रहेपनि हालसम्म १ लाखमात्र योजनामा सूचीकरण भएपछि सरकारले मंसिर ११ गतेसम्म सो संख्यालाई ३ लाख पु¥याउने योजना बनाएको हो ।
हालसम्म सूचीकरण भएका रोजगारदाता (प्रतिष्ठान) मा कार्यरत बाँकीश्रमिकलाई पनि सूचीकरण गराउन अनुरोध गदै कोषले विभिन्न पेशागत संघसंठनसँगको छलफललाई तिब्रता दिएको छ ।देशभर रहेका सवै प्रतिष्ठान (रोजगारदाता) लाई अनिवार्य रूपमा सामाजिक सुरक्षा योजनामा ल्याउने लक्ष्यअनुसार सरकारले कानुनी र अन्य समस्या रहेका क्षेत्रमा समेत छलफल गरेर २ हप्ताभित्र सबैलाई योजनामा सूचीकरण गर्ने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस