aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सिस्नेरी खानेपानीको लागत २६ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
सिस्नेरी खानेपानीको लागत २६ अर्ब

काठमाडौं । मकवानपुरमा अवस्थित सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्बरुपैयाँ लागत पर्ने देखिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) ले गरेको पूर्वसम्भाव्यता अध्ययनले सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।

बोर्डले ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति सहज गर्ने उद्देश्यलेमकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ । भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले प्रारम्भिक अध्ययन अनुसार सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्ब लागत लाग्ने जानकारी गराएकाछन् ।

“‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भइरहेको छ,”उनले भने, “यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।”  यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस