काठमाडाैं । सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून देखाएको छ । आन्तरिक राजस्व विभागले दिएको जानकारीअनुसार कुल जनसंख्याको १० प्रतिशत जनतामात्रै करको दायरामा समेटिएका छन् ।
आठौं राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजित एक कार्यत्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले हालसम्म मुलुकभरबाट जम्मा २९ लाख ६५ हजार करदाता करको दायरामा रहेको जानकारी दिए । उनले भने, “गत वर्ष २१ लाख करदाता थिए भने अहिले यो संख्या करिब ३० लाख नजिक पुगेको छ । यो वर्ष आठ लाख करदता थपिएको हाम्रो अनुमान | छ ।” उनले सरकारले बजेटमार्फत सबै व्यक्तिले प्यान अनिवार्य लिनुपर्ने प्रावधान ल्याएसँगै करदाताको संख्यामा उत्साहजनक वृद्धि भएको जानकारी दिए ।
“प्यान फर अल कार्यक्रमबाट नयाँ ७ लाख ९४ करदाताले स्थायी लेखा नम्बर लिएका छन्,” उनले भने, "हालसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ३९ हजार रहेको छ । सरकारले चालू आर्थिक वर्ष ०७६/७७ बाट सबै व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने प्रावधान ल्याएको छ । यस नीतिअनुसार नेपालमा काम गरिरहेका 'विदेशी नागरिकले समेत अनिवाय स्थायी लेखा नम्बर लिनुपर्ने हुन्छ । पछिल्लो ५ वर्षयता मदिरार चरोटजन्य बाहेक अन्य बस्तुको कर नीतिमा खास परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको विभागले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस