aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डेढ अर्बको लागतमा ‘एक्सट्रिम इ-कार रेस’ नेपालमा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
डेढ अर्बको लागतमा ‘एक्सट्रिम इ-कार रेस’ नेपालमा हुने

काठमाडौं । यस वर्षको 'एक्सट्रिम इ-कार रेस' नेपालमा हुने भएको छ। झण्डै डेढ अर्ब लागतमा आयोजना हुने उक्त कार्यक्रम मेको २१ तारिखमा मुस्ताङमा हुनेछ। नेपाल पर्यटन बोर्डको संयोजकत्वमा हुने उक्त रेस सम्पन्न गर्न करिब एक अर्ब रूपैयाँ लागत अनुमान गरिएको र रेसमा १२ वटा विद्युतीय कार सहितको समूहले सहभागिता जनाउने जनाइएको छ।

नेपाल सरकारको लागतबारे नखुलाइएको उक्त रेस सम्पन्न गर्न सयौंको संख्यामा टिकका सदस्यहरू बेलायतबाट नेपाल आउने तथा उनीहरूले प्रयोगमा आउने कारसहितका समाग्री पनि साथमै ल्याउने भएकाले उक्त रकम बराबर नेपालमा खर्च हुने देखिएको हो । नेपालको पर्यटन प्रवर्द्धन, विद्युतीय गाडीको बजार विस्तारसँगै विश्वभर वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्देश्यले हिमाली क्षेत्रमा इ-रेस आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी गराउँदै एक्सट्रिम इ-रेसका संस्थापक एलेजान्ड्रो अगागले मुस्ताङ रेसका लागि उपयुक्त स्थान रहेको जनाउँदै धेरै देशको अध्ययनपश्चात नेपाललाई छनोट गरिएको जानकारी गराए। पछिल्लो समय वातावरण प्रदूषणबाट जलवायु परिवर्तनको क्षेत्रमा परेको असरबारे जनचेतना फैलाउन उक्त कार्यक्रम आयोजना हुन लागेको उनको भनाइ छ।

रेसिङ घोषणा कार्यक्रममा बोल्दै अगागले विश्वका पाँच ठाउँमा हुने उक्त इभेन्ट अन्तर्गत हिमाली देश नेपाल रोजिएको जानकारी गराए। पहिले भारतको लद्दाखमा आयोजना गर्ने तयारी गरिए पनि नेपालको जस्तो अफरोड सहितको भू-भाग नभएको भन्दै मुस्ताङलाई उत्कृष्ट स्थानको रूपमा चयन गरिएको उनको भनाइ छ। भौगोलिक हिसाबले मुस्ताङ उपयुक्त रहेकाले र जंगलरहित भू बनोट भएका कारण मुस्ताङमा कार्यक्रम आयोजना गर्न आफूहरू तानिएको उनले बताए। साथै, नेपालमा कार्यक्रम गर्दा नेपाल भ्रमण वर्ष प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ। उक्त टोलीमा करिब पाँच सयजनाको सहभागीता रहने पनि उनले बताए। याे समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस