aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सर्वाेच्चद्वारा सरकारसँग सीमा रक्षा गर्न नसक्नुको कारण देखाऊ आदेश जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
सर्वाेच्चद्वारा  सरकारसँग सीमा रक्षा गर्न नसक्नुको कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सरकारसंग आफ्नो जमिन मिचिँदासमेत रक्षा गर्न नसक्नुको कारण मागेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो।

भारतले सीमाना मिच्दा नेपाल सरकारले जमिन रक्षाका लागि कुनै पहल नचाल्नु राष्ट्रघात र राज्यविरुद्धको अपराध भएको भन्दै सर्वोच्चमा बिहीबार रिट निवेदन परेको थियो।

अधिवक्ताहरु कन्चनकृष्ण श्रेष्ठ, सुजित केसी, ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस