
काठमाडौैं । ८औं कर दिवसको अवसरमा सरकारले धेरै कर तिर्ने १५ करदातलाई सम्मान गरेको छ।आन्तरिक कार्यालयद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न १५ विधामा गत आर्थिक वर्षमा धेरै कर तिर्ने र समयमै कर तिर्नेलाई सम्मान गरेका हुन्।
व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा सिध्दार्थ शमशेर जबरा, सबैभन्दा धेरै कर तिर्ने करदाता रवी केसी (सुर्य नेपाल) रहेका छन् ।त्यस्तै निर्यातकर्ता आयकरतर्फ पंकज बजाज ( डाबर नेपाल), लघुवित्ततर्फ छिमेकी लघुबित्त, बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक ( किरणकुमार श्रेष्ठ), बीमातर्फ नेपाल लाइफ इन्योरेन्स, (विवेक झा), स्वास्थ्य शिक्षातर्फ मणिपाल मेडिकल कलेज रहेका छन् ।
यसैगरी उद्योग (मदिरा र चुरोट बाहेक) जगदम्बा ( सुलभ अग्रवाल) कृषितर्फ अन्नपूर्ण एग्रो (राजेश कुमार अग्रवाल), सूचना प्रविधितर्फ वर्ल्डलिंक (दिलिप अग्रवाल), व्यापारतर्फ अग्नि इन्कर्पोरेट ( क्याबिनेट श्रेष्ठ), मध्यम करदातातर्फ कामना सेवा विकास बैंक,आन्तरिक कार्यालयतर्फ भिएस मोरिसस र भ्याटतर्फस् घोराही सिमेन्ट (संजय बंसल) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस