aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कैद मिनाहा खुकुलो हुने गरी कानुन संशोधन, १० वर्ष कैद सजाय तोकिएको व्यक्ति पाँच वर्षमै छुट्ने

कैद मिनाहा खुकुलो हुने गरी कानुन संशोधन, १० वर्ष कैद सजाय तोकिएको व्यक्ति पाँच वर्षमै छुट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
कैद मिनाहा खुकुलो हुने गरी कानुन संशोधन, १० वर्ष कैद सजाय तोकिएको व्यक्ति पाँच वर्षमै छुट्ने

काठमाडौं । नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो ।

नयाँ मुलुकी अपराधसंहितामा कुनै पनि अपराधमा न्यूनतम ७५ प्रतिशत कैद भुक्तान गरेपछि मात्रै बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान राखिएको थियो ।

विगतमा बढी छुट दिँदा अपराध बढेपछि ७५ प्रतिशत कैद अनिवार्य व्यवस्था गरिएको थियो । तर, अहिले कारागारमा क्षमताभन्दा धेरै कैदी हुँदा व्यवस्थापनमा समस्या भएको कारण देखाएर कानुनी व्यवस्था संशोधन गरिएको छ । जघन्य अपराधका मुद्दामा भने आधा कैद मिनाहा लागू हुनेछैन । नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस