aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

तीन दिनदेखि सुनको मूल्य स्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
तीन दिनदेखि सुनको मूल्य स्थिर

काठमाडाैं । तीन दिनदेखि सुनको मूल्य स्थिर देखिएको छ। बिहीबार प्रति तोला ७२ हजार रुपियाँ पुगेको सुनको मूल्य २ सयले घटेर शुक्रबार, शनिबार र आइतबार प्रति तोला ७१ हजार ८ सयमा कारोबार भइरहेको छ।

बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। प्रति तोला ७२ हजारसम्म पुगेको सुन तीन दिनयता केही घटेको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेको थियो। प्रति तोला ७३ हजार ५ सयसम्म पुगेको सुनको मूल्य घटेर ७० हजारभन्दा तल झरेको थियो। 

प्रतिक्रिया दिनुहोस